शनिबार, पुस १२, २०८२

वैवाहिक बलात्कार आरोपित न्यायाधीश गिरीले गरे आत्मसमर्पण

 |  सोमबार, वैशाख ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३, २०८१

काठमाडौं- वैवाहिक बलात्कारको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीले सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर आत्मसर्मपण गरेका छन्। सर्वोच्चको आदेशपछि न्यायाधीश गिरीले आज आत्मसमर्पण गरेका हुन्।

National life

सर्वोच्च अदालतले चैत २१ गते वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका न्यायाधीश गिरीलाई थुनामा राख्न आदेश दिएको थियो। अब उनलाई कारागार चलान गरिनेछ।

चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेश बदर गर्दै बलात्कार आरोपित गिरीलाई थुनामा पठाउन आदेश गरेको थियो। सर्वोच्चको आदेश आए पनि गिरी पक्राउ नपरेको भन्दै पत्नी आरती रावलले आमरण अनशन थालेकी थिइन्। आफूलाई स्वास्थ्योपचार तथा जीविकोपार्जनका लागि राहत उपलब्ध गराउनुपर्ने माग गर्दै उनी अनशन बसेकी हुन्।

रावल र गिरीले ०७५ सालमा विवाह गरेका थिए। आफूलाई बन्धक बनाएर कुटपिट, घरेलु हिंसा, यौन शोषण र हिंसा, अप्राकृतिक मैथुन गरेको भन्दै रावलले पतिविरुद्ध ०७९ मंसिर २ मा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेकी थिइन्। कपिलवस्तु जिल्ला अदालतले चैत २० गते गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 15, 2024| 12:04 सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्