आइतबार, पुस १३, २०८२

विपद्‍बाट एक वर्षमा ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति

 |  सोमबार, वैशाख ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३, २०८१

काठमाडौं- २०८० सालमा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ। विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६ सय १६ जना घाइते भएका छन्।

National life

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेका अनुसार ६ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० हजार सात सय १६ परिवार प्रभाभावित भएका थिए। विपद्जन्य घटनाका कारण पाँच अर्ब ४२ करोड ५६ लाखको क्षति भएको छ।  

गत वर्ष पहिरो, बाढी, डुंगा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृतिक विपद्, हुरीबतास, भूकम्प, फ्लु, जनावर आक्रमण, हिमपहिरो, डढेलो, हिमपातलगायत घटना भएका थिए। गत वर्ष कात्तिकमा गएको जाजरकोट भूकम्पबाट सबैभन्दा बढी एक सय ५५ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। त्यसपछि धेरै क्षति आगलागीका कारण भएको सहसचिव पाण्डेले बताए।

मुलुकभर २०८० मा वैशाख १ देखि चैत ३० गतेसम्म आगलागीका चार हजार ६१ घटना भएका थिए। त्यसमा परेर एक सय ६ जनाको मृत्यु भएको थियो पाँच सय ६ जना घाइते भएका थिए। कूल पाँच हजार एक सय ३० परिवार प्रभावित भएका थिए। आगलागीबाट रु दुई अर्ब ५२ करोडभन्दा बढीको क्षति भएको थियो।
 
यसैगरी गत वर्ष दुई सय ५० वटा चट्याङका घटना भएका थिए। त्यसमा परेर ४६ जनाको मृत्यु भएको थियो भने दुई सय २८ जना घाइते भएका थिए। जनावरको आक्रमणबाट ४५ जनाको मृत्यु तथा दुई सय ७८ जना घाइते भएका सहसचिव पाण्डेले जानकारी दिए।

गत वर्ष उच्च उचाइका कारण १५, पहिरोमा परेर ५०, बाढीबाट १८, सर्पदंशबाट २०, हिमपहिरोबाट १२ र  वन डढेलोबाट ११ जनाको मृत्यु भएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 15, 2024| 10:50 सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्