बुधबार, भदौ १०, २०८३

राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको निधन

 |  सोमबार, वैशाख ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलनमा घाइते भएका ठाकुरप्रकाश डाँगीको निधन भएको छ। राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष डाँगीको उपचारको क्रममा आज बिहान छाउनी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

गत चैत २७ गते राप्रपाले काठमाडौंमा गरेको आन्दोलनको क्रममा प्रहरीको अश्रुग्यास प्रहारबाट घाइते भएका डाँगीको छाउनी अस्पतालमा उपचार भइरहेको थियो। उच्च रक्तचाप रहेका उनको अश्रुग्यास प्रहारबाट टाउको र श्वासप्रस्वासमा समस्या देखिएको थियो।

डाँगीको शव  श्रद्धान्जलिका लागि अहिले १२ बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने पनि उनले बताए।

प्रकाशित: Apr 15, 2024| 10:45 सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्