आइतबार, असार ७, २०८३

नागढुंगा सुरूङ आज ब्रेकथ्रु हुँदै

 |  सोमबार, वैशाख ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३, २०८१

नागढुङ्गा सुरूङको मुख्य सुरूङ सोमबार (आज) छिचोलिने भएको छ। नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरूका अनुसार आज औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रु’ गर्न लागिएको हो।

National life

 ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्। चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरूङमार्ग आयोजनाको मुख्य सुरूङको लम्बाइ दुई हजार ६६७ मिटर छ। आज दुई मिटर खनेपछि छिचोलिने छ।

आयोजनाको उद्धार (रेस्क्यु) सुरूङ गत साउनमै छिचोलिसकिएको छ। छिचोलिने बित्तिकै उक्त सुरूङमार्ग सञ्चालनमा भने आउँदैन। आयोजना निर्माण पूरै सकिएपछि मात्रै सवारीसाधन चल्नेछन्।

एक वर्षभित्र सबै काम सकेर सवारी साधनका लागि खुला गर्ने आयोजनाले बताएको छ। सम्झौताअनुसार काम थालिएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै यो आयोजनाको निर्माण पूरा भइसक्नुपर्ने थियो।

कोरोना महामारी, स्थानीय विवाद तथा सुरूङ खन्ने क्रममा देखिएको प्राविधिक समस्या लगायत कारण आयोजना समयमा निर्माण हुन नसकेको आयोजनाले बताएको छ।
 

Shivam cement

प्रकाशित: Apr 15, 2024| 07:39 सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्