बुधबार, भदौ १०, २०८३

जात्रा हेर्न पोखरीको डिलमा बस्दा गयो ज्यान

 |  सोमबार, वैशाख ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३, २०८१

भक्तपुर- मध्यपुरथिमि नगरपालिका‐५ दुईपोखरीका ५० वर्षीय तुइलाल श्रेष्ठको पोखरीमा डुबेर मृत्यु भएको छ। 

सिन्दूर जात्रा हेर्न पोखरीको डिलमा बसेका श्रेष्ठ डिलबाट पोखरीमा खसेर डुबेलगत्तै स्थानीयले उद्धार गरी नेपाल कोरिया मैत्री अस्पताल थिमिमा उपचारका लागि लगेकामा अस्पतालले मृत्यु भइसकेको जानकारी गराएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।

शव शवपरीक्षणका लागि के.एम.सी. अस्पताल दुवाकोटमा लगेर घटनाबारे अनुसन्धान सुरु गरेको उनले जानकारी दिए।
 

प्रकाशित: Apr 15, 2024| 07:29 सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्