शनिबार, साउन १२, २०८१

नागढुंगा-सिस्नेखोला सुरुङ 'ब्रेकथ्रु' सोमबार

 |  आइतबार, वैशाख २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१

काठमाडौं- नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज (सोमबार) ‘ब्रेकथ्रु’ हुने भएको छ। नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले दिएको जानकारीअनुसार सोमबार औपचारिक कार्यक्रम गरेर सुरुङ ‘ब्रेकथ्रु’ गरिनेछ। 

triton college

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी हुने भएका छन्। चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ६७ मिटर छ। आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेकथ्रु भइसकेको छ।     

आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारीसाधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ। आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो। आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल र एउटा फ्लाइओभर रहेका छन्।

बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ। त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन)लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ। 

प्रकाशित: Apr 14, 2024| 20:57 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्