आइतबार, पुस १३, २०८२

सुप्रिम सहकारी प्रकरण: जीबी राईसहित २८ जनाबाट १ अर्ब ठगी

 |  आइतबार, वैशाख २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१

काठमाडौं- बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा २८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको छ।

National life

शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा प्रतिवेदन बुझाएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार १ अर्ब २ करोड हिनामिना भएको पाइएपछि सोहीअनुसारको बिगो मागदाबी गर्नुपर्ने रायसहित फाइल बुझाइएको हो।

अब प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्नेछ। प्रतिवेदनमा जीबी (गितेन्द्रबाबु) राईसहित २८ जनालाई प्रतिवादी बनाउनुपर्ने प्रहरीले उल्लेख गरेको छ।

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा सहकारीका कोषाध्यक्ष दिपेश पुन, सुप्रिम सहकारीका अध्यक्ष ओमप्रसाद गुरुङ, दुर्गा चापागाईं, दीपक न्यौपाने, नीता थापामगर, रोशनी गुरुङ, सागर केसीसहित २८ जनालाई प्रतिवादी बनाइएको छ।

सहकारीले ठगी गरेको भन्दै १ हजार ८३१ जनाले प्रहरीमा जाहेरी दिएका छन्। प्रतिवादी बनाइएका मध्ये जीबीसहित पाँच जना फरार छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 14, 2024| 17:13 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्