बुधबार, भदौ १०, २०८३

पाँच जना सचिवको सरूवा

 |  आइतबार, वैशाख २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१

सरकारले पाँच जना सचिवको सरूवा गर्ने निर्णय गरेको छ। चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले सचिवको सरूवा गर्ने निर्णय गरेको हो।

आइतबार सार्वजनिक भएको निर्णयअनुसार प्रधानमन्‍त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका दिनेश भट्टराईको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरूवा भएको छ। मन्त्रिपरिषद् कार्यालयमै रहेका अर्जुनप्रसाद पोखरेलको राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारीको रूपमा सरूवा भएको छ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा रहेका सुमनराज अर्यालको युवा तथा खेलकुद मन्त्रालयमा सरूवा भएको छ। उपराष्ट्रपति कार्यालयमा रहेका मुकुन्दप्रसाद निरौलाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा र त्यहाँ रहेका विनोदप्रकाश सिंहको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरूवा भएको हो। 

प्रकाशित: Apr 14, 2024| 16:20 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्