आइतबार, पुस १३, २०८२

दाङका होटल व्यवसायीलाई भाडा तिर्नै मुस्किल

 |  आइतबार, वैशाख २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१

तुलसीपुर- पर्यटकको चहलपहल तथा आर्थिक गतिविधि कम हुन थालेपछि यहाँका होटेल व्यवसायी मारमा छन्।

National life

होटेल सञ्चालकहरु भाडा तिर्नसमेत नसक्ने अवस्थामा पुगेको नेपाल उद्योग व्यापार महासंघका तुलसीपुरका अध्यक्ष घनश्याम डाँगीको भनाइ छ। 'होटेल सञ्चालकहरु भाडा तिर्नसमेत सक्ने अवस्था छैनन्', उनले भने, 'व्यवसायी पलायन हुने अवस्थामा छ।'

होटेल व्यवसायी मारमा परेको अवस्थामा राज्यले पनि हेर्नुपर्ने माग होटेल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कराज काफ्लेले गरे। होटेल व्यवसायी आफै मारमा परेको अवस्थामा राज्यले पनि दोहोरो कर लिने गरेको उनको भनाइ छ। 'होटेल व्यवसायलाई सुरक्षा गर्ने दायित्व राज्यको हो', उनले भने, 'यसमा राज्यले चासो दिनुपर्छ।'

पर्यटन प्रवर्द्धनदेखि स्थानीयस्तरको विकासका लागि होटेल व्यवसायीको भूमिका महत्वपूर्ण रहेको तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले बताए। यसमा होटेल व्यवसायी एकजुट हुनुपर्ने उनको भनाइ छ। अहिले होटेल व्यवसायीलाई लगानी गर्ने वातावरणसमेत नरहेको बस्नेतको भनाइ छ।

'धेरै होटेल व्यवसायी पलाइन भइसके', उनले भने, 'अझै पलायन हुने अवस्था जारी छ, अहिले लगानी गर्ने वातावरण पनि छैन।' दाङको तुलसीपुरमा मात्रै पाँच सयभन्दा बढी होटेल व्यवसायी छन्। तर, अधिकांश होटेलहरुले भाडा तिर्नसमेत नसकिरहेको तुलसीपुर होटेल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताए।

Laxmi sunrise bank
kumari

दाङ प्रदेशको राजधानी भए पनि टरिगाउँ विमानस्थल नियमित सञ्चालन नहुँदा पनि बाह्य मानिस आउन नपाउँदा होटेल चल्न नसकेको उनले बताए। 

प्रकाशित: Apr 14, 2024| 20:01 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्