बुधबार, भदौ १०, २०८३

धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाइते

 |  आइतबार, वैशाख २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१

धादिङ- धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने एकै घरका पाँचसहित आठजना घाइते भएका छन्।

पतेनीबाट मल लिएर बारीमा जाँदै गरेको बा३ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते हुनेमध्ये पाँचजना बालबालिका छन्।

नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयले घटनास्थलबाट घाइतेको उद्धार गरी अस्पतालतर्फ पठाएका छन्। घाइते तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो।

प्रकाशित: Apr 14, 2024| 15:16 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्