बुधबार, साउन ७, २०८२

नौ महिनामा भन्सार छलीका ५६ करोडका सामान बरामद

 |  आइतबार, वैशाख २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१

vianetvianet

वीरगञ्ज- पर्साका प्रशासनले चालु आर्थिक वर्षको नौ महिनामा ५६ करोड एक लाख छ हजार नौ सय रूपैयाँ बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त र बेग्लाबेग्लै टोलीले उक्त अवधिमा भन्सार छली गरेका तथा बिलबिजकबमोजिम नभएका सामान बरामद गरेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले ५६ करोड रूपैयाँभन्दा बढीका अवैध सामान बरामद गरिएको बताउँदै भने, 'जिल्लाको एक सय सात किलोमिटर क्षेत्र भारतसँग खुला सिमाना जोडिएको छ। सीमित सुरक्षाकर्मीको सहयोगमा चोरी पैठारी नियन्त्रण गरिरहेका छौँ।' 

नेपाल प्रहरीले हालसम्म अवैध चोरी तस्करी तथा बिलबिजकभन्दा धेरै सामान ल्याएको भन्दै ३६ करोड ३९ लाख ८९ हजार नौ सय ६९ रूपैयाँ बराबरका सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बलले पनि चोरी तस्करी तथा बिलबिजकअनुसार नभएका १९ करोड ६१ लाख १६ हजार ४० रूपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको छ।

आव २०७८/७९ मा २३ करोड ४९ लाख २१ हजार एक सय ४५ रूपैयाँ मूल्य पर्ने सामान नियन्त्रणमा लिइएको थियो। आव २०७९/८० मा ४८ करोड नौ लाख ६४ हजार छ सय ४६ रूपैयाँ बराबरका सामान बरामद भएको थियो। 

प्रमुख जिल्ला अधिकारी भुसालले आपराधिक गतिविधि नियन्त्रणका निमित आफ्ना भारतीय समकक्षीसँग पनि मासिक रुपमा बैठक गर्दै आएको बताए। दशगजामा खेतीपाती, पशुहाट कुखुरा फार्म, माछा पोखरीलगायत संरचना निर्माण हुँदा अवाञ्छित गतिविधि नियन्त्रण चुनौतीपूर्ण बनेको बताए। सीमा सुरक्षा र त्यहाँ हुने अवैध कारोबार रोक्न संयुक्त गस्ती र बजार अनुगमन नियमित रूपमा भइरहका छ। रासस

प्रकाशित: Apr 14, 2024| 11:25 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्