बुधबार, भदौ १०, २०८३

आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा

 |  आइतबार, वैशाख २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१

धनुषा- तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ। यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन्।
 
विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ। सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन्। आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ। 

यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। 

प्रकाशित: Apr 14, 2024| 10:47 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्