आइतबार, असार ७, २०८३

जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न

 |  शनिबार, वैशाख १, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १, २०८१

धनुषा- भारतीय राजदूतावास, काठमाडौँस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास,वीरगन्ज र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्षको अवसर पारेर शनिबार जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको छ। 

National life

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रमुख अतिथिको रूपमा महोत्सवको पहिलो सत्रको उद्घाटन गरेका थिए। कार्यक्रमको पहिलो सत्रमा हरिवंश झाले ‘जानकी लीला’ मा महत्त्वपूर्ण व्याख्यान प्रस्तुत गरेका थिए। कार्यक्रममा सारीका साथै भारत र नेपालका किल्लाहरूको प्रदर्शनी र चर्चित सेफ सन्तोष साहद्वारा प्रस्तुत मैथिली फुड फेस्टिभल पनि समावेश थियो। 

कार्यक्रमको दोस्रो सत्रमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका गुरु तथा कलाकारले भगवान् राम र सीताको जीवनीमा आधारित भजनको साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए। दोस्रो सत्रको विशेष आकर्षण प्रसिद्ध नेपाली गायिका मेनुका पौडेलको प्रस्तुति रहेको थियो। मेनुका पौडेल इन्डियन आइडल २०२४ को उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन्। 

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले साँझको सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति जनाएका थिए। सो महोत्सवमा मधेस प्रदेशका प्रदेश सभा सदस्य, प्रतिष्ठित व्यक्तित्व र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो साथै दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो। 

दुई देशका कला, संस्कृति तथा चाडपर्वको साझा परम्परामा झल्किने भारत र नेपालको साझा सांस्कृतिक सम्पदालाई जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणले मनाएको थियो। जनकपुरधाम सांस्कृतिक महोत्सवको पहिलो संस्करण सन् २०२३ अप्रिलमा आयोजना गरिएको थियो। 

Shivam cement

 

प्रकाशित: Apr 13, 2024| 18:57 शनिबार, वैशाख १, २०८१
प्रतिक्रिया दिनुहोस्