आइतबार, असार ७, २०८३

सिड्नीको सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार, पाँच जनाको मृत्यु

 |  शनिबार, वैशाख १, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १, २०८१

अष्ट्रेलियाको सिड्नीस्थित एक सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहारबाट पाँच जनाको हत्या भएको छ।

National life

शनिबार स्थानीय समयअनुसार अपराह्न ३ बजेपछि सिड्नीको वेस्टफल्ड सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार हुँदा पाँच जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

त्यस्तै ९ महिनाका एक बालकसहित ८ जना घाइते भएको र उनीहरुलाई सिड्नीको विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको घटनापछि आयोजित प्रेस ब्रिफिङमा न्यू साउथ वेल्सका सहायक कमिश्नर एन्थोनी कुकले भने।

उनीहरूको अवस्था गम्भीर रहेको पनि सहायक कमिश्नर कुकलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। छुरा प्रहारको घटनापछि प्रहरीले अभियुक्तलाई गोली हानी मारेको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

बीबीसीका अनुसार छुरा प्रहार गर्ने व्यक्ति अपराह्न ३:१० बजे सपिङ मलमा प्रवेश गरेका थिए। सपिङ मलमा प्रवेश गरेको १० मिनेटमै अर्थात ३:२० बजे मलबाट बाहिरिएका थिए।

Shivam cement

संदिग्ध व्यक्ति बाहिरिएपछि मलबाट सयौं मानिसहरू आत्तिँदै बाहिर निस्किएका थिए। छुरा प्रहार भएको सूचनापछि उपस्थित भएको प्रहरीले त्यहाँबाट सयौं मानिसहरूलाई बाहिर निकालेको थियो।
 

प्रकाशित: Apr 13, 2024| 15:49 शनिबार, वैशाख १, २०८१
प्रतिक्रिया दिनुहोस्