बुधबार, भदौ १०, २०८३

भक्तपुरमा बिस्केट जात्राको रौनक

 |  शनिबार, वैशाख १, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १, २०८१

काठमाडौं- परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा हेर्न भक्तपुरमा सर्वसाधारणको घुइँचो लागेको छ।

भेलुखेलस्थि ल्यासिङ्खेलमा शुक्रबार साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ। 

पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको, इन्द्रध्वजासहितको लिङ्गोजात्रा हेरे मनोकांक्षा पूरा हुने, शत्रु नाश हुने सहकाल आउने जनविश्वास छ ।

भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हात नीलो कपडाले बेरिएको हुन्छ। लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ। एक जोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ। लिङ्गो उभ्याउन बाँधिएका आठ डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ। 

प्रकाशित: Apr 13, 2024| 13:59 शनिबार, वैशाख १, २०८१
प्रतिक्रिया दिनुहोस्