आइतबार, चैत २९, २०८२

चितवन कारागारमा बढ्यो कैदीको चाप

 |  शुक्रबार, चैत ३०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३०, २०८०

चितवन- कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै उनीहरूको व्यवस्थापनमा चुनौती थपिएको छ। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिन भएको छ।

National life

कारागारमा दुई सय ५५ पुरुष र २५ जना महिला कैदीबन्दी व्यवस्थापनको क्षमता भए पनि हाल ४२ जना महिला र सात सय ४२ पुरुष र चार जना आश्रित बालबालिका छन्। कैदीबन्दीको संख्या बढ्दै जाँदा कैदीबन्दीलाई त्रिपालमुनि राख्न सुरू गरिएको कार्यालयका प्रमुख कमलप्रसाद आचार्यले बताए।

उनका अनुसार विगत १५ दिनदेखि कैदीबन्दीलाई त्रिपालमुनि राख्न सुरू गरिएको हो। उनले भने,’अहिले कैदीबन्दीको चाप बढेसँगै १० जनालाई त्रिपालमुनि राखेका छौं।’

मौसममा आएको परिवर्तनसँगै कैदीबन्दीलाई व्यवस्थापनमा असहज हुने गरेको उनले बताए। त्रिपालमुनि कैदीबन्दी राख्दा सुरक्षा व्यवस्थामा उच्च सावधानी अपनाइएको उनले जानकारी दिए। गर्मी मौसम सुरू भएसँगै जाडोमा व्यवस्थापन गरे जसरी व्यवस्थापन गर्न असहज हुने गरेको उनले बताए।

उनले भने,’छिमेकी जिल्ला नवलपुर (बर्दघाट-सुस्तापूर्व) कारागार कार्यालय नहुनुले पनि यहाँ कैदीबन्दीको चाप बढेको हो।’

kumari

छिमेकी जिल्लाबाट आएका कैदीबन्दी र जिल्लाबाटै आउने कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा रहेको उनले बताए। कारागारमा आएका कैदीबन्दीको व्यवस्थापनका लागि कारागार व्यवस्थापन विभागसँग छलफल भइरहेको उनले जानकारी दिए।  -रासस

प्रकाशित: Apr 12, 2024| 22:01 शुक्रबार, चैत ३०, २०८०
प्रतिक्रिया दिनुहोस्