जुम्ला, कनकासुन्दरी गाउँपालिका-५ स्थित सडकमा लु.५ त १४६० नम्बरको ट्याक्टर सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा चालक सल्यान त्रिबेणी गाउँपालिका-४ थोलाबाङ बस्ने २४ वर्षीय बसन्त रेउलेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-३ गितखोरास्थित सडकमा प्र.१-०१- ००२ ह ३७१६ नम्बरको सिटि रिक्सा अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा रिक्सामा सवार सोही नगरपालिका-१ भलुवा बस्ने ३० वर्षीय श्याम कुमार यादवको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको भारदह अस्पताल सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका रिक्सामा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार रिक्सा चालकको प्रहरीले खोजी गरिरहेको छ।
धनुषा, धनुषाधाम नगरपालिका-३ धनुषाधाम बजारस्थित सडकमा ना.७ ख १६६८ नम्बरको टिपरमा प्र.२-०१-००३ प ३८२२ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहा गोलबजार नगरपालिका-६ बस्ने ४२ वर्षीय ईन्द्रदेब यादबको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रूपन्देही, ओमसतिया गाउँपालिका-४ बसन्तपुरस्थित सडकमा प्र.२-०३-००१ ख ५१२२ नम्बरको ट्रकले लु.१३ प २८७६ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक देवदह नगरपालिका-१२ शंकरपुर बस्ने २७ वर्षीय राजेश यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सडकमा बा.प्र ०१-००६ ख ५७७८ नम्बरको बसमा बा.९६ प ६०१३ नम्बरको मोटरदाइकल ठक्कर खाई बिहीबार बिहान साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका-३ बस्ने ५२ वर्षीय सानु वाहकको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाँके, राप्ती सोनारी गाउँपालिका-४ राजपुरटोलस्थित सडकमा म.प्र.०३-०२९ प ८५९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना चालक सोही गाउँपालिका-४ धामपुर बस्ने २९ वर्षीय टिकाराम थारूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।