बुधबार, साउन ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ‘आइएमई पे’बाट बैंकमा पैसा ट्रान्सफर गर्दा शुल्क नलाग्ने

‘आइएमई पे’बाट बैंकमा पैसा ट्रान्सफर गर्दा शुल्क नलाग्ने

 |  शुक्रबार, चैत ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३०, २०८०

vianetvianet

काठमाडौं- ‘आइएमई पे’ले नयाँ वर्षको अवसरमा आफ्ना प्रयोगकर्ताहरूलाई बैंकमा पैसा ट्रान्सफर गर्दा निःशुल्क हुने लगायतआधा दर्जनभन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ।

सुपर वालेटलाई परिचित गराएको आइएमई पे ले नयाँ वर्ष २०८१ का अवसरमा आफ्ना प्रयोगकर्ताहरूलाई दर्जनभन्दा बढी नयाँ सुविधाहरू दिने भएको हो।

यस सुपर बेनीफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बैंकहरूले दिने बराबरको ब्याज, बैंकमा पैसा ट्रान्सफर गर्दा निःशुल्क सेवा, हरेक कारोबारमा अधिकतम रिवार्ड पोइन्ट, स्वास्थ्य बिमा प्याकेजमा आकर्षक छुट, भर्चुअल भिसा कार्डबाट अनलाइन भुक्तानीमा गर्दा तुरुन्तै क्यास ब्याक पाउने छन्।

यसैगरी, हवाई टिकट खरिदमा तथा घरायसी उपभोग्य सेवाहरूको भुक्तानीमा निरन्तर प्रोमो कोडहरू, केबलकारहरूको टिकट खरिदमा विशेष छुटका साथै वर्षैभरी ६ हजार रुपैयाँसम्मको क्यास ब्याक फाइदा पनि आइएमई पे प्रयोगकर्ताहरूले पाउनेछन्।

आइएमई डिजिटलका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नयाँ वर्षको उपलक्ष्य पारेर सुरुवात गर्न लागिएको थप सुविधा सहितको यस प्रिमियम प्याकेजले आइएमई पेका प्रयोगकर्ताहरूलाई सुपर वालेटमा आबद्ध रहेको महसुस गराउने बताएका छन्।

प्रकाशित: Apr 12, 2024| 12:25 शुक्रबार, चैत ३०, २०८०
प्रतिक्रिया दिनुहोस्