आइतबार, वैशाख २३, २०८१

२४ सय बढेर सुनको मूल्यमा नयाँ रेकर्ड

 |  शुक्रबार, चैत ३०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३०, २०८०

काठमाडौं- आज शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेको हो।

triton college

छापावाल सुनको भाउ प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित: Apr 12, 2024| 11:35 शुक्रबार, चैत ३०, २०८०
प्रतिक्रिया दिनुहोस्