आइतबार, असोज ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कुमारी बैंकले ल्यायो नयाँ वर्ष लक्षित क्यासब्याक अफर

कुमारी बैंकले ल्यायो नयाँ वर्ष लक्षित क्यासब्याक अफर

 |  बिहीबार, चैत २९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २९, २०८०

काठमाडौं- कुमारी बैंक लिमिटेडले नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ।

Kumaribank

यस योजनाअन्तर्गत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैंया वा कारोबार रकमको २५ प्रतिशत रकम फिर्ता पाउने छन्।

साथै, क्युआर भुक्तानीमार्फत् कारोबार गर्ने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले पनि यो आकर्षक क्यासब्याक अफरको फाइदा उठाउन सक्ने बैंकले जनाएको छ।

यो योजना २०८१ वैशाख १ गते बिहान ८ बजेदेखि राति ११:५९ बजेसम्म लागू हुने बैंकले जनाएको छ। तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलो ४० जना कार्ड प्रयोगकर्ता र पहिलो ४० जना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: Apr 11, 2024| 17:07 बिहीबार, चैत २९, २०८०
प्रतिक्रिया दिनुहोस्