आइतबार, वैशाख २३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकको पर्यटकीय गन्तव्य समेटिएको क्यालेन्डर

सिद्धार्थ बैंकको पर्यटकीय गन्तव्य समेटिएको क्यालेन्डर

 |  बिहीबार, चैत २९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २९, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले नेपालको पर्यटनमा सहयोग पुऱ्याउने उद्देश्यका साथ २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। क्यालेन्डरको मुख्य विषयवस्तु “नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन” को साथै सो गन्तव्यहरूमा जिम्मेवार पूर्वक अन्वेषण गर्नु रहेको छ।

बैंकले यस क्यालेन्डरको माध्यमबाट नेपालको सातै प्रदेशमा अवस्थित कम परिचित तर आकर्षक पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने प्रयास गरेको छ। क्यालेन्डरमा सोलुखुम्बु जिल्लामा अवस्थित दूधकुण्ड, पर्सा जिल्लामा अवस्थित घडिअर्वा पोखरी, दोलखा जिल्लामा अवस्थित सैलुङ्ग र छो रोल्पा ताल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित पाँच पोखरी, लम्जुङ्ग जिल्लामा अवस्थित भुजुङ्ग गाउँ, मनाङ्ग जिल्लामा अवस्थित नार फु उपत्यका, पूर्वी रुकुम जिल्लामा अवस्थित टकसेरा गाउँ, सल्यान जिल्लामा अवस्थित कुपिन्डे ताल, डोल्पा जिल्लामा अवस्थित अपर डोल्पा, बाजुरा जिल्लामा अवस्थित बडिमालिका र कञ्चनपुर जिल्लामा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जस्ता मनमोहक पर्यटकीय गन्तव्यहरू समावेश गरिएको छ, जसले नेपालको प्राकृतिक र पुरातात्त्विक सौन्दर्यतालाई उजागर गर्दछ ।

बैंकको यस प्रयासले आन्तरिक तथा विदेशी पर्यटकहरूलाई नेपालका अति आकर्षक तर कम पहिचानमा रहेका पर्यटकीय गन्तव्यहरूको भ्रमण गरी पृथक् अनुभव प्राप्त गर्न उत्प्रेरित गर्नुका साथै नेपालको पर्यटन उद्योगको प्रवर्द्धनमा सहयोग पुऱ्याउने बैंकले विश्वास लिएको छ ।

प्रकाशित: Apr 11, 2024| 15:02 बिहीबार, चैत २९, २०८०
प्रतिक्रिया दिनुहोस्