मंगलबार, माघ १, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

एएमसीएको टोलीद्वारा शेफर्ड कलेजमा अन्तरक्रिया

 |  बिहीबार, चैत २९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २९, २०८०

ntc landingntc landing

काठमाडौं- एसियन मिडिया कल्चरल एसोसिएसन (एएमसीए) को टोलीले नेपाल भ्रमणका क्रममा शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीमा अन्तरक्रिया गरेको छ। शेफर्ड कलेज नेपालको पहिलो मिडिया टेक्नोलोजी कलेज हो।

himalayan bank box

शान्तिनगरस्थित कलेजमा भएको अन्तरक्रियामा श्रीलंका र भारतबाट आएका पत्रकारहरुले कलेजकी प्रिन्सिपल कविता शर्मा, शिक्षकहरु तथा विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका थिए। कार्यक्रममा कलेजका फ्याकल्टी प्रेम पुन्थोकीले कलेजका बारेमा जानकारी दिएका थिए।  

एएमसीए नेपाल च्याप्टरकी कोअर्डिनेटर सम्झना पौडेलका अनुसार एएमसीएको मुख्य कार्यालय श्रीलंकाको राजधानी कोलम्बोमा छ। सार्कका हरेक देशमा एक-एक जना कोअर्डिनेटर हुन्छन् र उनीहरुले हरेक वर्ष आफ्नो देशमा 'मिडिया फेमिलिराइजेसन, कल्चरल एन्ड टुरिजम थ्रु मिडिया' कार्यक्रम आयोजना गर्छन्। यसै क्रममा यो वर्ष नेपालमा कार्यक्रम आयोजना गरिएको हो।

नेपालका समेत पत्रकारहरु सहभागी टोलीले बुद्ध जन्मस्थल लुम्बिनी, बागमती प्रदेशको राजधानी हेटौंडा, जनकपुरस्थित प्रशिद्ध जानकी तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानको भ्रमण गरेको छ। टोलीले नेपाल पत्रकार महासंघका पदाधिकारीहरुलाई भेट्ने तय भएको छ भने राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत भेटघाट गर्ने निश्चित भएको छ। 

सहभागी पत्रकारहरुले आयोजक देशसम्म पुग्ने खर्च आफैं बेहोर्नुपर्छ। आयोजक देशमा लाग्ने खर्च भने सोही देशले बेहोर्नुपर्ने व्यवस्था छ। यसअनुसार अहिले नेपालमा हुने खर्च एएमसीए नेपाल च्याप्टरले बेहोरेको कोअर्डिनेटर पौडेलले जानकारी दिइन्। यस वर्ष चैत २५ देखि ३० गतेसम्म भएको भ्रमणमा ११ जना सहभागी छन्। सहभागीहरुले विभिन्न विषयमा आ-आफ्नो देशका सञ्चारमाध्यममा समाचार सामग्री सम्प्रेषण गर्नेछन्।

 

प्रकाशित: Apr 11, 2024| 13:03 बिहीबार, चैत २९, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्