आइतबार, असार ७, २०८३

उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य

 |  बिहीबार, चैत २९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २९, २०८०
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख छ हजार छ सय निर्धारण भएको छ। यस आधारमा छापावाला सुन तोलामा रु दुई सयले घटेको छ।

यस्तै, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३६ हजार एक सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३५ हजार नौ सय ५० निर्धारण भएको छ। 

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। बुधबार प्रतितोला रु एक हजार सात सयमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण भएको छ। 
 

प्रकाशित: Apr 11, 2024| 12:05 बिहीबार, चैत २९, २०८०
प्रतिक्रिया दिनुहोस्