आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरगंज रक्सौल प्रशारण लाइन निर्माणको काम अन्तिम चरणमा

वीरगंज रक्सौल प्रशारण लाइन निर्माणको काम अन्तिम चरणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- महानगरको दक्षिणी क्षेत्रमा नियमित विद्युत् आपूर्तिको  लागी निर्माणाधीन ३३ केभिए वीरगंज रक्सौल प्रशारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। भारतको रक्सौलबाट छपकैयाँस्थित विधुत प्राधिकरणको सब स्टेशनमा ३३ केभिए प्रशारण क्षमताको प्रशारण लाइन निर्माण भइरहेको हो ।

प्रशारण लाइनबाट १० मेगावाट विद्युत् आयात गरिनेछ । यो प्रशारण लाइनको संचालन पछि महानगरको केही वडा कम्तीमा १५ वर्षको लागी लोडसेडिङको समस्याबाट मुक्त हुने प्राधिकरणको वीरगंज वितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिए ।

नेपालमा पर्याप्त मात्रामा विधुत उत्पादन हुँदा र बिहारमा विधुतीय उर्जा संकट रहेको बेला वर्षौदेखि वीरगंज हुँदै यो प्रशारण लाइनबाट विधुत निर्यात हुनेगरेको थियो ।नेपालमा उर्जा संकट शुरु भएयता विधुत निर्यात ठप्प रहेको छ।

छपकैयाँ सबस्टेशनबाट ३३ केभिएको विद्युत् प्रसारणको लागि नेपाल विद्युत् प्राधिकरणले पाँच वर्ष पहिले तयारी गरेको थियो ।  सब स्टेशनको जग्गामा विवाद भएर अदालती प्रक्रियामा समय लागेकोले निर्माणमा  लामो समय अवरोध भएको  वितरण केन्द्र प्रमुख ठाकुरले बताए ।

भारतबाट आयातित विधुत ३३ केभिए प्रशारण लाइन निर्माणमा ढिलाई हुँदा भारतीय विधुत कलैया र पोखरिया पठाउने काम भइरहेको थियो ।

प्राधिकरणले महानगरको घना आवादी भएको बस्तीबाट प्रशारण लाइन लैजान भूमिगत तार ओछ्याएको छ। महानगरले निर्माण गरेको कालोपत्रे   सडक भत्काउन प्राधिकरणले छतिपूर्तीवापत ६८ लाख रुपैयाँ महानगर लाई भुक्तानी गरेको छ। 

यसअघि २१ करोड रुपैयाँ लगानीमा रक्सौल परवानीपुर १३२ केभिए प्रशारण लाइन गत वर्ष नै निर्माण सम्पन्न भएको थियो । १३२ केभिए प्रशारण लाइनबाट प्राधिकरणले ५० मेगावाट विद्युत् आयात गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।