आइतबार, असार ७, २०८३

नेप्से १०.७१ अंकले घट्यो, तीन अर्ब ४८ करोडको कारोबार

 |  बुधबार, चैत २८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २८, २०८०

काठमाडौं- नेप्से परिसूचक बुधबार १०.७१ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार नेप्से घटेर २०२२.२८ विन्दुमा बन्द भएको हो।

National life

तीन अर्ब ४८ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। कारोबारमा आएका कुल कम्पनीमध्ये ६३ को सेयर मूल्य बढेको छ। १७६ कम्पनीको सेयर मूल्य घटेको छ। ६ कम्पनीको सेयर मूल्य स्थिर छ।

बुधबार माण्डु हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र पिपुल्स पावर कम्पनीको सेयर मूल्य बढेको छ। माण्डु हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ६८ रुपैयाँ बढेको छ। खानीखोला हाइड्रोपावरको प्रतिकित्ता १९ रुपैयाँ र पिपुल्स पावरको सेयर मूल्य ४० रूपैयाँ पढेको छ।

सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य १० प्रतिशतले घटेको छ। विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९३ प्रतिशतले घटेको छ।

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक रकमको सेयर खरिद–बिक्री भएको छ। यो कम्पनीको १२ करोड ५४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ।

Shivam cement

कारोबारमा आएका १३ समूहमध्ये व्यापार र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ। व्यापार समूहको परिसूचक १.४६ प्रतिशतले बढेको छ। उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.१३ प्रतिशतले वृद्धि भएको छ। सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह छ। यो समूहको परिसूचक २.५० प्रतिशतले घटेको छ।

प्रकाशित: Apr 10, 2024| 15:50 बुधबार, चैत २८, २०८०
प्रतिक्रिया दिनुहोस्