आइतबार, साउन १०, २०८३

कांग्रेस महासमिति बैठक : नाम दर्ता आज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसको महासमिति बैठकमा भाग लिने सदस्यहरूले शुक्रबार नाम दर्ता गराउँदैछन् । देशभरबाट आएका एक हजार ६ सय प्रतिनिधिले सानेपास्थित पार्टी मुख्यालयमा नाम दर्ता गराउने कार्यक्रम छ ।

बैठक उद्घाटन शनिबार रामशाहपथस्थित एक पार्टी प्यालेसमा हुने भएको छ। उद्घाटन सकिएकै दिन बन्द सत्र हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। उनले भने, ‘उद्घाटन सकिएपछि सातै प्रदेशका महासमितिबीच समूह बनाएर छलफल गरिनेछ।

बैठकमा देशभरबाट आएका प्रत्येक प्रतिनिधिसँग प्रवेश शुल्कबापत एक हजार रुपैयाँ शुल्क उठाइने भएको छ। महासमिति बैठकमा पुरानो २ सय ४० निर्वाचन क्षेत्रबाट पाँच जनाको दरले एक हजार दुई सय जना, भातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट ९७ जना प्रतिनिधि सहभागी हुनेछन्।

प्रवक्ता शर्माका अनुसार महासमिति सदस्य नभएका २९ जिल्लाका सभापति २९ जना र राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्य भएका तर महासमिति सदस्य नभएका २६ जनालाई पर्यवेक्षकका रुपमा भाग लिन पाउने व्यवस्था भएको जनाए।

महासमिति बैठकस्थलमा फ्री वाईफाई जोनको व्यवस्था गरिने, बैठकस्थल भित्र प्रवेश गर्ने र बाहिरिने छुट्टाछुट्टै गेटको व्यवस्था हुने, बैठकस्थलमा पास भएको सवारीले मात्र प्रवेश पाउने, सभाहलभित्र दुई वटा प्रोजेक्टरमार्फत बन्द सत्रका गतिविधि प्रशारण गरिने व्यवस्था गरिएको पार्टी सचिव डा. प्रदीप पराजुलीले बताए।

महासमितिमा भाग लिन आउने प्रत्येक सहभागिलाई बिहानको खाजा, दिउँसोको खाना र दिउँसोको चियाको व्यवस्था गरिएको बैठक आयोजक समितिका संयोजक काठमाडौं जिल्ला सभापति सबुज बानियाँ (कृष्ण)ले बताए।

प्रवक्ता शर्माका अनुसार महासमिति बैठकस्थलमा प्रत्येक बिहान ११ बजे र दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर बिषय र घटनाको बारेमा जानकारी दिने बताए।  एक र दुई पुसमा सामूहिक छलफल र ३ गते बैठकको निष्कर्ष वा घोषणा हुने भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।