आइतबार, असार ७, २०८३

रोकिएन सुनको मूल्यवृद्धि, कतिमा हुँदैछ कारोबार ?

 |  बुधबार, चैत २८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २८, २०८०
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ। मङ्गलबार प्रतितोला रु एक लाख ३६ हजार तीन सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ३६ हजार आठ सय निर्धारण भएको छ। 

त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार छ सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु एक लाख ३६ हजार एक सय ५० निर्धारण भएको छ। 

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा रु १५ ले बढेर एक हजार  सात सय कायम भएको छ।

प्रकाशित: Apr 10, 2024| 11:32 बुधबार, चैत २८, २०८०
प्रतिक्रिया दिनुहोस्