आइतबार, साउन १०, २०८३

इन्‍जिनियर एसोसिएसनको निर्वाचन आज, यस्तो छ भिडन्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचन शुक्रबार काठमाडौँलगायत सातवटै प्रदेशमा हुँदैछ ।  निर्वाचनमा करिब १७ हजार इञ्जिनीयरले १४ केन्द्रमा मतदान गर्दैछन् ।  

निर्वाचनमा प्रगतिशील समूह र लोकतान्त्रिक समूहबीचमा प्रतिस्पर्धा हुने भएको छ । प्रगतिशील समूहका तर्फबाट अध्यक्षमा त्रिरत्न बज्राचार्य, उपाध्यक्षमा आशिष घिमिरे, महासचिवमा छविराज पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा रामएकवाल यादव र सहकोषाध्यक्षमा चाँदमाला श्रेष्ठले उम्मेदवारी दिएका छन् ।  

यस्तै लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षमा हिरेन्द्रमान प्रधान, उपाध्यक्षमा डा चण्डिकाप्रसाद भट्ट, महासचिवमा अभिमन्यूलाल सिंह, उपमहासचिवमा अशोककुमार शाह, कोषाध्यक्षमा अपिल केसी र सहकोषध्यक्षमा जानुका थापाले उम्मेदवारी दिएका छन् ।  

प्रगतिशील समूहले एशोसिएसनभन्दा बाहिर रहेका इञ्जिनीयरलाई आकर्षण गरेर एशोसिएसनमा ल्याइने योजना अगाडि सारेको छ । सो समूहका तर्फबाट महासचिवका उम्मेदवार पोखरलले समग्र इञ्जिनीयरको हितका लागि आफ्नो समूहले व्यावहारिक र वैज्ञानिक कार्यक्रम अगाडि सारेको बताए । उनले सातवटै प्रदेशमा इञ्जिनीयरको लगानीमा सहकारी, स्टाफ कलेजको अवधारणासमेत आफूहरुको रहेको जानकारी दिए । 

राष्ट्रिय योजना आयोगसँग समन्वय गरेर मुलुक निर्माणमा लाग्ने, सुखी नेपाली, समृद्ध नेपालको अवधारणालाई कार्यान्वयन गर्ने, दुर्घटना बीमा र इञ्जिनीयरको लगानीमा १५० मेगावाट विद्युत् उत्पादनजस्ता कार्यक्रम प्रगतिशील समूहले अगाडि सारेको छ । यस्तै समग्र इञ्जिनीयरको न्यूनतम तलब, इञ्जिनीयर स्टाफ कलेज र एशोसिएसनलाई कर्मी इञ्जिनीयरको समूह बनाउने घोषणा गरेको छ । 

लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षमा प्रत्यासी प्रधानले सबै विचार र पक्षलाई मिलाएर लैजाने आफूहरुको योजना रहेको बताए । उनले नेपालमा इञ्जिनीयरिङ कलेजको सङ्ख्या बढी भएकाले प्राविधिक विश्वविद्यालय स्थापना गर्ने, क्षमता अभिवृद्धिका लागि पाठ्यक्रममा नै अनिवार्यरुपमा आयोजनामा गएर तालीम लिनुपर्ने, स्टाप कलेज स्थापना गर्नेलगायतका अवधारणा सार्वजनिक गरेको जानकारी दिए ।  

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।