बुधबार, चैत १८, २०८२

अपराजित मनाङ र आर्मी भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
फाइल तस्बिर
 
काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार दुई खेल हुँदैछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्पेक्समा हुनेछ । दुई खेल मध्य एक खेल निकै नै रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । किनकी आज लिगमा अपरजित दुई टोली भिड्दै छन् । 

बिहान ११ बजे हुने पहिलो खेलमा पुलिसले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दुवै टोलीको लक्ष्य स्पष्ट जित निकाल्दै अंक तालिकामा सुधार गर्ने हुने छ । पुलिस ७ खेलबाट ११ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । फ्रेन्ड्स ५ अंक सहित लिगको ११ औं स्थानमा छ ।

दिउँसो साढे २ बजे हुने दोस्रो खेलमा उपाधि दाबेदार दुई टोली मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् । दुवै टोलीलाई उपाधि होड बलियो बनाउन जित आवश्यक छ । शीर्ष स्थानको मनाङको २१ अंक छ । आर्मी १७ अंक सहित तालिकाको चौथो स्थानमा छ । 

आर्मी र मनाङको नतिजाले लिगको समीकरणमा निकै ठूलो भूमिका खेल्छ । मनाङ विजयी भएको खण्डमा आर्मीको उपाधि दावेदारी लगभग समाप्त हुनेछ । मनाङले जित दर्ता गरेमा उपाधि दावेदारीमा बलियो स्थान बनाउनेछ । अंक बराबरीको अवस्थामा हेड टु हेड नियम लागु हुने कारण पनि यस खेलको नतिजा थप महत्त्वपूर्ण बनेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।