आइतबार, पुस १३, २०८२

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०

काठमाडौं- स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ। 

National life

सोमबार प्रतितोला रु एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ३६ हजार तीन सय निर्धारण भएको छ। 

त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार पाँच सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु एक लाख ३५ हजार छ सय ५० निर्धारण भएको छ। 

यस्तै, चाँदीको मूल्यमा भने कुने परिवर्तन भएको छैन। महासङ्घले आज चाँदीको मूल्य तोलामा रु एक हजार  सय ८५ निर्धारण भएको जनाएको छ। 

प्रकाशित: Apr 09, 2024| 11:38 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्