आइतबार, साउन १०, २०८३

कारावागमाथि आर्सनलको संघर्षपूण जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- बिहिबार राति भएको युइएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले संघर्षपूर्ण जित निकालेको छ । अजरबैजानको फुटबल क्लब कारावागसँग आर्सनलले १-० को संघर्षपूर्ण जित निकालेको हो । 

खेलको एक मात्र गोल पहिलो हाफमा सम्भव भएको थियो । आर्सनलले पहिलो हाफको १६ औ मिनेटमा नै सुरुवाती अग्रता लिएको थियो । तर, पनि त्यस पछि दुबै टोलीले कुनै पनि गोल गर्न सकेनन् । 

आर्सनलको जितका लागि एक मात्र खेलको निर्णायक गोल एलेक्जेन्डर लाकाजेटले गरेका थिए । उनले मेसुट ओजिलको पासमा गोल गरेका थिए । यससँगै आर्सनलले युरोपा लिग फुटबलको समूह चरणमा अपराजित रहँदै समूह ‘ई’ को विजेताको रुपमा प्रि-क्वाटरफाइनलमा पुग्न सफल भएको छ । 

कारावाग ३ अंक जोडेर पुछारमा रह्यो । यही समूहको अर्को खेलमा स्पोर्टिङ लिस्वनले भोर्सकालाई ३-० ले पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भयो । स्पोर्टिङको जितमा फ्रेड मोन्टेरो र मिगुइल लुइसले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।