आइतबार, साउन १०, २०८३

आजका अखबार : देउवा–पौडेल विवादले महासमिति दिशाहिन !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले कांग्रेसभित्र चर्किएको विवाद र प्रधानन्यायाधीशका लागि चोलेन्द्र शम्शेर जबरा सिफारिस भएको विषयलाई मुख्य समाचार बनाएका छन् । 

प्रधानन्याधीशमा जबरा सिफारिस भएको विषयलाई एङ्कर न्यूज बनाएको आजको कान्तिपुर दैनिकले देउवा पौडेल चर्काचर्की शीर्षकमा मुख्य समाचार छापेको छ ।

वरिष्ठ नेता रामचन्द्र पोडेलले सभापति देउवाकै कारण पार्टी यति धेरै कमजोर भएको भन्दै आलोचना गरेका छन् भने देउवाले आफूलाई मात्रै दोष दिन नमिल्ने भन्दै पौडेलविरुद्ध आक्रोश पोखेका छन् । कांग्रेस महासमिति बैठक शनिबारबाट सुरु हुँदैछ । तर, नेताहरुको चर्का चर्कीले यसले पनि कांग्रेसलाई दिशा दिनेमा शंका गर्न थालिएको कान्तिपुरले लेखेको छ । 

आजको नयाँ पत्रिकाले पनि कांग्रेस बैठकमा देउवा–पौडेल जुहारी शीर्षकमा मुख्य समाचार छापेको छ ।

बिहीबारको बैठकमा वरिष्ठ नेता पौडेलले चुनाव गराएको जस लिने, तर पार्टीले हारेको जिम्मा नलिने भन्दै प्रश्न गरेका थिए भने देउवाले चुनावमा आफै हारेकाले नेतृत्वलाई गाली गर्न नसुहाउने तर्क गरेका थिए । यस्तै आजको अन्नपूर्ण पोस्ट्ले भने कांग्रेस प्रतिवेदनमा मतभेद शीर्षकमा खबर लेखेको छ ।
 
यस्तै प्रधानन्यायाधीशमा चोलेन्द्र शम्शेर सिफारिस भएको विषयलाई पनि आजका पत्रपत्रिकाले विशेष महत्वका साथ छापेका छन् । नयाँ पत्रिकाले त मुख्य समचार नै बनाएको छ। उसले प्रधानन्यायाधीशमा निर्विकल्प सिफारिस शीर्षकमा खबर लेखेको छ ।

उसले चोलेन्द्र सर्वोच्चको न्यायाधीश हुँदा वामपन्थी सांसदले विपक्षमा मत हालेका थिए, यसपटक के गर्छन ? भनेर प्रश्न समेत गरेको छ। नयाँ पत्रिकाले चोलेन्द्रले विशेष अदालतमा हुँदा भ्रष्टाचारसम्बन्धी ३६ मध्ये ३५ मुद्दामा सफा दिएको पनि उल्लेख गरेको छ । 

आजको नागरिक दैनिकले पनि चोलेन्द्र प्रधानन्यायाधीशमा सिफारिस भएको विषयलाई प्राथमिकताका साथ छापेको छ । नागरिकले यो विषयसँगै भारतले दिएको ऋणमा सर्तै सर्त राखिदा रकम नै खर्च गर्न नसकिने अवस्था बनेको विषयलाई मुख्य समाचार बनाएको छ ।

अन्नपूर्ण पोस्ट्ले भने जाजरकोटमा अहिले पनि ७४ प्रतिशत बालबिबाह हुने गरेको खुलासा गरेको छ भने सरकारले साना किसानको ऋण मिनाहा गरेको विषयलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।