बुधबार, चैत १८, २०८२

पोखरा र चितवनलाई प्ले-आफमा पुग्न जित्नै पर्ने दबाब

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- एभरेष्ट पिमियर लिग (इपीएल) मा शुक्रबार दुई खेल हुँदैछ । पहिलो खेलमा विराटनगर वारीयर्सले चितवन टाइगर्सको सामना गर्दै छ भने दोस्रो खेलमा पोखरा राइनोजले काठमाडौं किंग्स इलाभेनसँग भिड्दै छ ।

शुक्रबारको खेलमा लगातार पराजित हुँदै आएका चितवन र पोखरा पराजित भए काठमाडौं र विराटनर सोझैप्ले अफमा पुग्ने छन् । पहिलो खेल ९ बजेबाट सुरु हुने छ । उपाधिको प्रमुख दावेदार मानिएको विराटनगर जारी इपीएलमा ३ खेलमा दुईमा जित र १ मा हार सहित ४ अंक जोडेको छ । 

विराटनगरको प्ले अफ सम्भावना अन्य तीन टोली भन्दा उच्च रहेको छ ।यो खेलमा विराटनगर विजयी भए प्ले अफमा पुग्ने छ । समुह चरणको अन्तिम खेल विराटनगरले सोमबार काठमाडौंसँग खेल्ने छ ।

चितवनले आज जित निकाल्न सके अंक गणितीय झिनो आसा जिवीतै राख्ने छ । पराजित भएमा चितवनको यात्रा समूहचरणमा नै सकिने प्रबल सम्भावना छ । चितवन पहिलो खेलमा ललितपुसँग ११ रन, दोस्रो खेलमा काठमाडौंसँग ६ विकेट र भैरहवासँग १२ रनले पराजित भएको थियो । 

त्यस्तै शुक्रबारको दोस्रो खेलमा पोखराले काठमाडौंको सामना गर्ने छ । खेल १ बजेबाट सुरु हुने छ । यो खेलमा पनि पोखरा पराजित भए लगातार चार खेलमा हारका साथ समुह चरणबाटै घर फर्किने छ । पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको काठमाडौंले दोस्रो खेलमा ललितपुरसँग १० विकेटको फराकिलो हार खान पुगेको थियो । 

१० विकेटको फराकिालो हारले काठमाडौंलाई नेट नरेटमा ठूलो धक्का लागेको छ । रोहन मुस्ताफाको आगमनसँगै काठमाडौँ झनै बलियो देखिएको छ । ललितपुर प्याट्रीयट्स एक र भैरहवा ग्ल्याडीयर्स दुई खेल अगावै प्ले अफमा पुगिसकेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।