काठमाडौं- नेपाली कांग्रेसको डोटी-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा दीर्घ बहादुर बलायर निर्विरोध चयन भएका छन्। समितिको अध्यक्षमा चयन भएसँगै बलायरले अब पार्टी भित्रको गुटबन्दिको पनि अन्त्य भएको घोषणा गरेका छन्।
बिहीबारको समितको दोस्रो अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा चक्र अग्रवाल छन् भने उपाध्यक्षमा चन्द्र बोगटी र लोकेन्द्र भण्डारी चयन भएका हुन्। त्यसैगरी सचिवमा विनोद बोगटी चयन भएका छन्।
सिद्ध वीष्ट कोषाध्यक्षमा चयन भएका छन् भने सहसचिवमा प्रदीप भट्ट, शंकर खड्का, भानु जोशी र नन्दकिशोर बम, प्रमे खड्का चयन भएका छन्। त्यसैगरी सदस्यमा चन्द्र साँउद र नरेश देवी शाही चयन भएका छन्।
नेपाली कांग्रेस डोटी-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा चयन भएका बलायरले समग्र डोटीको विकासका लागि अभियान सञ्चालन गर्न तथा भाईचाराको सम्बन्धलाई थप मजबुत बनाउन आफु लागि पर्ने बताएका छन् ।
डोटीबाट काठमाडौं आएकाहरुलाई समस्य परेका बेला समिति पछि नहट्ने छैन । उनले भने, 'विभिन्न प्रयोजनमा डोटीबाट काठमाडौं आएका व्यक्तिहरुलाई सहजीकरण गर्ने वातावरण सृजना गर्ने छु।'
कांग्रेसका केन्द्रीय सदस्य बीर बहादुर बलायरको प्रमुख आतिथ्यमा शुरू भएको दोश्रो अधिबेशनमा आमन्त्रीत केन्द्रीय सदस्य आनन्द बीस्ट, सांसद भरत खड्का, डोटी जिल्ला पार्टी सभापति प्रदीप देउवा, भक्त बहादुर बलायर, भुमिराज बडू लक्ष्मी राज पाठक दीपक बिष्ट लगायतका नेताहरूको उपस्थित रहेको थियो।
अधिबेशन सम्पर्क समितिका अध्यक्ष रघुराजा बमको सभापतित्वमा सम्पन्न भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४