बुधबार, चैत १८, २०८२

ड्रिम टिम : मेस्सी, नेयमार र एमबाप्पे पर्दा रोनाल्डो अटाएनन् 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- बुधबार राति समूह चरणका अन्तिम खेल सकिएसँगै गोल डटकमले च्याम्पियन्स लिगबाट समूह चरणको ‘ड्रिम टिम’ सार्वजनिक गरेको छ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी, पिएसजीका स्टार फर्वाडर नेयमार र केलियन एमबाप्पे लगायतका खेलाडी ‘ड्रिम टिम’ मा पेरका छन् । 

तर, यसै सिजन रियल मड्रिडबाट इटालियन क्लब युभेन्ट्स पुगेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भने अटाएका छैनन् । उनीसँगै यसै बर्षको फिफा बर्ष खेलाडी र बालोन डी’ओर विजेता रियल मड्रिडका लुका मोड्रिच पनि टिममा अटाएका छैनन् । 

गोल डटकमले सार्वजनिक गरेको ‘ड्रिम टिम’ को अग्रपंतीमा मेस्सी, नेयमार, एमबाप्पे र वायर्न म्युनिखका रोबर्टो लेवान्डोस्की रहेका छन् । त्यस्तै गोलकिपरमा क्लब बर्गका इभान होर्वेथ रहेका छन् । 

डिफेन्डरमा वायर्न म्युनिखका जोसुवा किमिच, शाल्केका मतिजा नस्टसिक, म्यानचेस्टर सिटीका एम्रिक लापोर्टे र बार्सिलोनाका जोर्डी अल्बा रहँदा मिडफिल्डरमा बोरुसिया डर्टमण्डका एलेक्स विट्सेल र युभेन्ट्सका मिरालिम पजनिक परेका छन् ।
 
यस पटक साविकको विजेता रियल मड्रिड, युभेन्ट्स, बार्सिलोना, म्यानचेस्टर सिटि, म्यानचेस्टर युनाइटेड, लिभरपुल तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) लगायतका ठुला क्लबहरुले नकआउट चरणमा स्थान बनाएका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।