सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकको विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंकको विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

 |  आइतबार, चैत २५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत २५, २०८०

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२४ का अवसरमा सप्ताहव्यापी रूपमा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

National life

बैंकले आफ्ना प्रदेश कार्यालयको संयोजनमा सातवटै प्रदेशमा युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुका बारेमा जानकारी गराइएको बैंकले जनाएको छ।

बैंकले ग्लोबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रुपमा वित्तीय कार्यक्रम आयोजना गरिरहेको छ।

अहिलेसम्म १४ हजारभन्दा बढी किसान, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवाको सहभागिता रहेको थियो। बैंकले आफ्ना ३५४ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ।

Shivam cement

 

प्रकाशित: Apr 07, 2024| 15:35 आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्