बुधबार, भदौ १०, २०८३

प्रभु बैंक र गण्डकीका ट्याक्सी व्यवसायीबीच सहकार्य

 |  आइतबार, चैत २५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत २५, २०८०

काठमाडौं– सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन प्रभु बैंक लि र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच सम्झौता भएको छ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी व्यवसायीका तर्फबाट अध्यक्ष गान्धीराज गिरीले हस्ताक्षर गरेका छन्। समारोहमा प्रभु बैंकका गण्डकी प्रदेशका प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनको विशेष उपस्थिति थियो।

गण्डकी ट्याक्सी व्यवसायी प्रालिसँग आबद्ध ट्याक्सी व्यवसायीको प्रभु बैंक लिमा रहेको खाताबाट सहज रूपमा रकम झिक्न, आप्mनो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेसनबाटै प्राप्त गर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेट–वेमार्फत रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न सहज हुने भएको छ।

सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकलाई प्रभु बैंकद्वारा उपलब्ध गराइएको क्युआरमार्फत विना झन्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।

 

प्रकाशित: Apr 07, 2024| 15:35 आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्