बुधबार, भदौ १०, २०८३

केएनपी नेरोल्याकका दुई नयाँ पेन्ट सार्वजनिक

 |  आइतबार, चैत २५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत २५, २०८०

काठमाडौं- केएनपी नरोल्याक पेन्टले हालै मात्र नेपाल भरिका आफ्ना सम्पूर्ण अधिकृत विक्रेताहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरि आफ्ना दुई नयाँ पेन्ट एक्सल एभरलास्ट १२ र इम्प्रेसन इको-क्लिन सार्वजनिक गरेको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएका दुई पेन्ट मध्ये 'एक्सल एभरलास्ट १२' पेन्ट एक्सटेरियर पेन्ट र 'इम्प्रेसन इको-क्लिन' घरको भित्री सतहमा लगाउने इन्टेरियर पेन्ट हो। यी दुवै पेन्टमा 'सुपर रिच प्रपर्टिज' र हानिकारक कीटाणु प्रतिरोधी लगायतका थुप्रै विशेषताहरू रहेका छन्।

सार्वजनिक गरिएका दुई पेन्टहरू मध्ये 'एक्सल एभरलास्ट १२' मा १२ वर्ष सम्मको वारेन्टी दिइएको छ। कुनै पनि बहुराष्ट्रिय कम्पनीद्वारा नेपालमा विक्री वितरण हुने आफ्ना उत्पादनमा १२ वर्ष सम्मको वारेन्टी दिइएको यो पहिलो पटक हो। ‘इम्प्रेसन इको-क्लिन’ पेन्टमा 'सुपर लक्जरी फिनिश' र  वातावरणलाई असर गर्ने कुनै रसायन नभएको र यसबाट हानिकारक गन्ध पनि नआउने हुनाले, घर भित्र लगाउन यो पेन्ट अत्यन्तै सुरक्षित रहेको कम्पनीले जनाएको छ।

 

 

प्रकाशित: Apr 07, 2024| 14:27 आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्