बुधबार, भदौ १०, २०८३

कुमारी बैंकले मनायो २३ औं वार्षिकोत्सव

 |  आइतबार, चैत २५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत २५, २०८०

काठमाडौं– कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रम आयोजना गरेर आफ्नो २३ औँ वार्षिकोत्सव मनाएको छ।

वार्षिकोत्सवका अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गरेको छ। साथै बैंकले आफ्नो सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ग्राहकवर्गहरुको सहयोग तथा विश्वासप्रति आभार व्यक्त गरेको छ।

कुमारी बैंक लिमिटेड देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा वित्तीय सुविधा प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। रक्तदान कार्यक्रममा १४५ जना सहभागी भई रक्तदान गरेका थिए।साथै बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्त्वलाई उजागर गर्न ‘परम्परागत भेषभूषा’ पहिरन गरी वार्षिक उत्सव सम्पन्न गरेको छ।

 

प्रकाशित: Apr 07, 2024| 14:18 आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्