बुधबार, वैशाख १९, २०८१

गण्डकीको मुख्यमन्त्रीमा एमालेका अधिकारी नियुक्त

 |  आइतबार, चैत २५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत २५, २०८०

 काठमाडौं- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्।

triton college

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
उनले आजै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। मुख्यमन्त्रीको दाबी गर्दै अधिकारीले प्रदेश प्रमुख भट्टसमक्ष बहुमत सदस्यको हस्ताक्षर बुझाएका हुन्।

उनलाई राजीव गुरुङ (दीपक मनाङे) सहित एमाले र माओवादीले समर्थन गरेको छ। अधिकारीको समर्थनमा एमालेका २२ र माओवादीका ८ (सभामुखसहित) सांसद छन्।

 

प्रकाशित: Apr 07, 2024| 13:30 आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्