बुधबार, भदौ १०, २०८३

सुनको मूल्य एक लाख ३५ हजार

 |  आइतबार, चैत २५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत २५, २०८०

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ। आज छापावाल सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार रुपैयाँ तोकिएको छ। शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा  कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला एक हजार६ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ६ सय ७० निर्धारण गरिएको छ।

 

प्रकाशित: Apr 07, 2024| 11:19 आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्