सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कृषि विकास बैंकको मोबाइल एपबाटै दुई लाख रुपैयाँसम्म कर्जा पाइने

कृषि विकास बैंकको मोबाइल एपबाटै दुई लाख रुपैयाँसम्म कर्जा पाइने

 |  आइतबार, चैत २५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत २५, २०८०

कृषि विकास बैंकले  मोबाईल बैंककिङ्ग एपबाटै कर्जा दिने भएको छ। बैंकको ADBL Smart Plus App बाट बिना धितो २ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको हो।

National life

योग्य व्यक्तिले २ लाख सम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैकिङ्ग एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकमा तलवी प्रकारका खाता भएका ग्राहकहरुले बैंकले तोकेको सीमा अनुसार मोबाइल बैंकिङ्ग एपबाटनै कर्जा लिन, उक्त कर्जाको भुक्तानी सक्ने जनाइएको छ। बैंकका अनुसार अवधि ईएमआई आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन भने पूर्व भुक्तान (Pre- Payment) को विकल्प पनि रहने छ।

फोलोनका प्रमुख कार्यकारी अधिकृत, सागर शर्माले फोनलोन मार्फत डिजिटल लोन प्रदान गरी लोन प्रक्रियालाई सहज गर्ने र आर्थिक आवश्यकताहरूमा तुरन्तै आफ्नो मोबाइल बैंकिङ्गबाटै लोन उपलब्ध गरी ग्राहकलाई सजिलो बनाउने बताए।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले एडीबीएल स्मार्ट प्लसमा फोनलोनको सुचारु भए संगै अब लोन लिन बैंक आउनु नपर्ने र बिना कुनै कागजात र धितो ग्राहकहरुले रु. २ लाख सम्मको लोन आफ्नै मोबाइल बैंकिङ्गबाटै लिन सक्ने जानकारी दिए।

Shivam cement

बैंकले ADBL Instant Foneloan योग्य ग्राहकहरुले Buy Now, Pay Later सुविधा पनि प्राप्त गर्न सक्ने जनाएको छ। यो सुविधाको प्रयोग कुनै पनि फोनपे मर्चेन्टमा क्युआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ। यसबाट ग्राहकले आफुलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समय भित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ।

त्यसैगरी "Convert to EMI" सुविधा पनि प्राप्त गर्न सक्नेछन्, जस अन्तर्गत योग्य ग्राहकहरुले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी सममासिक किस्तामा भुक्तानी गर्न सकिने छ।

सेवा प्रयोग गर्न मोबाइल बैंकिङ्ग एप मार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग एडीबीएल इन्ट्यान्ट फोनलोनमा रजिष्टर गर्न सकिने छ। कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरु जस्तै बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोवार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको आदि जस्ता आधारमा सफ्टवेयरबाट तय हुनेछ।

योग्य ग्राहकहरुको आफ्नो मोबाइल बैकिङ्ग एप भित्र फोनलोन ब्यानर र रजिष्टर बटन देखा पर्नेछ। एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि इन्ट्यान्ट फोनलोनका सबै सेवाहरु प्राप्त गर्न सकिने छ। सेवा सुचारु गरे पश्चता सरकारी बैंकहरु मध्ये फोनलोन सेवा संचालनमा ल्याउने कृषि विकास बैंक लि पहिलो समेत बनेको छ।

प्रकाशित: Apr 07, 2024| 10:43 आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्