आइतबार, पुस १३, २०८२

शंकरदेव स्ववियुले गर्‍यो सरकारी सेवासम्बन्धी नि:शुल्क ओरेन्टेसन

 |  शनिबार, चैत २४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत २४, २०८०

काठमाडौं- शंकरदेव क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले सरकारी सेवा सम्बन्धि नि:शुल्क ओरेन्टेसन कक्षा सञ्चालन गरेको छ। आज एक समारोहबीच लोकसेवा, बैंकिङलगायत विभिन्न सेवाका बारेमा स्ववियुले विद्यार्थीमाझ नि:शुल्क ओरेन्टेसन कक्षा सञ्चालन गरेको हो।

National life

विद्यार्थीमाझ अर्थमन्त्रालयका सहसचिव  टोकराज पाण्डे, पूर्व सहसचिव हेमराज शर्मा, अर्थविद् खकेन्द्र कटुवाल, बैंकिङ क्षेत्रका जानकार कृष्ण निरौंला, क्याम्पस प्रमुख डा. कृष्ण आचार्य र नेम इन्टिच्युटमा कार्यरत माधव पाण्डेयलगायतले सरकारी सेवाको महत्त्वबारे प्रस्ट पारेका थिए। दक्ष जनशक्ति सरकारी सेवामा प्रवेश गरे राष्ट्र निर्माणमा ठूलो टेवा पुग्ने उनीहरूको धारणा थियो। तलब लिएर राष्ट्र सेवा गर्न पाइने भएकाले सरकारी सेवाको ठूलो महत्त्व रहेको बक्ताहरूले प्रस्ट पारेका थिए।

यस्तै स्ववियु सभापति सुशान्त बस्नेतले शंकरदेव व्यवस्थापनको कलेज भएकाले सबै क्षेत्रको व्यवस्थापनको नेतृत्व लिन तयार रहेको बताएका थिए। 'हामी यहाँबाट उत्पादित जनशक्तिलाई मुलुकका प्रत्येक क्षेत्रमा स्थापित गर्न चाहन्छौं। शंकरदेवका विद्यार्थीहरूको नेतृत्वदायी कौसलता मुलुकका प्रत्येक क्षेत्रमा आवश्यक छ,' उनले भने।

स्ववियु सचिव मदनराज उपाध्यायले अन्य क्याम्पसभन्दा शंकरदेवको स्ववियु निकै सक्रिय रहेको प्रस्ट पारे। उनले आफूहरू निरन्तर विद्यार्थीहरूको माझमा रहेको र विद्यार्थीका समस्या तथा आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका थिए। उनले आगामी दिनमा पनि यस्ता खाले कार्यक्रमको आयोजनालाई निरन्तरता दिइने बताए।

उपाध्यायले आज ओरेन्टेसन कक्षा सञ्चालन गरिएकोमा आगामी चार महिनासम्म शंकरदेवका विद्यार्थीहरूलाई नि:शुल्क लोकसेवा र बैंकिङ सेवाका कक्षा सञ्चालन गरिने बताए।

Laxmi sunrise bank
kumari


 

प्रकाशित: Apr 06, 2024| 19:26 शनिबार, चैत २४, २०८०
प्रतिक्रिया दिनुहोस्