कैलाली- इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियन (नेइए) को निर्वाचनमा अन्र्तगत सुदुरपश्चिम प्रदेशमा लोकतान्त्रिक प्यानलको पक्षमा माहोल देखिएको छ ।
देशभरीका ७ वटै प्रदेशमा लोकतान्त्रिक प्यानलको दबदबा रहेका बेला सुदुरपश्चिम प्रदेशमा पनि लोकतान्त्रिक समूह नै बलियो देखिएको हो । शुक्रबार हुने ३२औं केन्द्रीय कार्यकारीणी र प्रदेश कार्यकारिणी समिति निर्वाचनमा लोकतान्त्रिक समुहका अध्यक्ष उमेदवार इन्जिनियर लब प्रसाद जोशी प्रदेश नं. ७ का मजबुत उम्मेदवार हुन ।
प्रथम प्रदेश कार्यकारिणी समिति सुदूरपश्चिम प्रदेशको लागि नेतृत्वमा भिडिरहेका लबप्रसाद जोशीले आफूसहित आफनो प्यानलको जित सुनिश्चित रहेका बताए । आफनो टिमका सदस्य, आफूहरुका एजेण्डा र दृष्टिकोण सबै स्पष्ट र सबल भएको उनको दाबी छ ।
सुदूरपश्चिमा प्रदेशमा आफूहरुले निर्वाह गरेको भूमिका, इन्जिनियरिङ क्षेत्रमा राष्ट्रियस्तरमै पुर्याएको योगदान र अकको योजनासहितका कारण लोकतान्त्रिक प्यानललाई जित दिलाउन अत्यन्त जरुरी रहेको समेत उनले बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको नेतृत्वका लागि उठेका जोशी बिद्यालय जीवन देखि नै मेधावी बिद्यार्थीकारुपमा परिचित छन । तीक्ष्ण बुद्धि, मिजासिलो व्यवहार, तार्किक, पारदर्शी र हकी व्यक्तित्वका धनी जोशी निर्वाचित भए इन्जिनियरिङ क्षेत्रमा बिद्यमान विकृती पनि हटाउने विश्वास लिएका छन् । समूहमा विभिन्न क्षेत्रमा रहेका ईन्जिनियरहरु उठेकोले जित निश्चिति रहेको दाबी लोकतान्त्रिक समूहले गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४