बुधबार, भदौ १०, २०८३

जुम्लाको चन्दननाथमा १२ करोड लागतमा १५ शय्याको आयुर्वेद अस्पताल बनाइने

 |  शनिबार, चैत २४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत २४, २०८०

जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिका-१० स्थित बोहोरा गाउँमा १२ करोड रूपैयाँको लागतमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने भएको छ।

कर्णाली प्रदेशअन्तर्गतको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्रोत सुनिश्चित गरी ठेक्का आह्वान भएपछि अस्पताल निर्माणको काम अगाडि बढेको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बताए।

आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्न संघीय सरकारले बजेट विनियोजन गरेकाले अब ठेकेदार चयनलगायत प्रक्रिया शीघ्र पूरा गरेर निर्माण थालिने उनले जानकारी दिए। अस्पताल भवन बहुवर्षीय ठेक्कामा बनाइने छ।

नगरप्रमुख कठायतका अनुसार भवनका लागि चालु आर्थिक वर्षमा तीन करोड रूपैयाँ विनियोजन भएको छ। बहुवर्षीय ठेक्काको अवधि बढीमा तीन वर्षको हुनेछ। रासस

प्रकाशित: Apr 06, 2024| 17:01 शनिबार, चैत २४, २०८०
प्रतिक्रिया दिनुहोस्