आइतबार, साउन १०, २०८३

ठगी आरोपमा पक्राउ महन्तसँग साढे १६ करोडको विगो दाबी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- महेन्द्र संस्कृत विश्वविद्यालय अन्तर्गत रहेको जनक हजारी विद्यापीठको जग्गा किर्ते गरेको आरोपमा पक्राउ जनकपुरस्थित रत्नसागर मन्दिरका महन्त बैकुण्ठ दासउपर साढे १६ करोडको विगो दाबी गरिएको छ।

केन्द्रीय गुठी संस्थानले भोगचलन गर्ने गरी हजारी जनक विद्यापीठको जनकपुरधाम-८ स्थित करिब ६ बिघा जग्गा किर्ते गरेको आरोपमा महन्त बैकुण्ठ पक्राउ परेका हुन् । उनलाई प्रहरीले केहि दिनअघि काठमाण्डौंको बागबजारस्थित एक होटलबाट पक्राउ गरेको थियो।

प्रहरी हिरासतमा रहेका महन्त दासको विहिबार जिल्ला अदालत धनुषामा बयान लिइएको छ। जिल्ला अदालतको ६ नम्बर इजलासमा न्यायधीश राजेश कटुवालको इजलासमा महन्त बैकुण्ठको बयान लिइएको हो। विहिबार वयान सकिएको महन्त बैकुण्ठ दासको मुद्दामा शुक्रबारबाट वहस सुरु हुने बताइएको छ।

उनी उपर सरकारी कागज किर्ते र ठगीसम्बन्धी मुद्दा चलाइएको छ। बैकुण्ठ दासले हजारी जनक विद्यापीठको जग्गा आफ्नो नाममा नामसारी गराई मन्दिरका पूजारीलाई मोही बनाएको भन्दै प्राचार्य विजय चौधरीले जिल्ला अदालत धनुषामा महन्त बैकुण्ठ र पूजारी अशोक शर्माविरुद्ध सरकारी कागज किर्ते गरेको भन्दै जालजासी मुद्दा दर्ता गरेका थिए
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।