आइतबार, साउन १०, २०८३

कांग्रेस महासमिति : १६ सय प्रतिनिधि, एक करोड खर्च

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु हुने महासमिति बैठकमा एक हजार छ सय प्रतिनिधि र पर्यवेक्षकले भाग लिने भएका छन्।

महासमितिस्थल राजधानीको रामशाहपथस्थित एक पार्टी प्यालेसमा शुरु हुने बैठकमा देशभरबाट आएका प्रत्येक प्रतिनिधिसँग प्रवेश शुल्क बापत एक हजार रुपैयाँ शुल्क उठाइने भएको छ। महासमिति बैठकमा पुरानो २ सय ४० निर्वाचन क्षेत्रबाट पाँच जनाको दरले एक हजार दुई सय जना, भातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट ९७ जना प्रतिनिधि सहभागी हुनेछन्।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महासमिति सदस्य नभएका २९ जिल्लाका सभापति २९ जना र राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्य भएका तर महासमिति सदस्य नभएका २६ जनालाई पर्यवेक्षकको रुपमा भाग लिन पाउने व्यवस्था भएको जनाए। 

महासमिति बैठकस्थलमा फ्री वाईफाई जोनको व्यवस्था गरिने, बैठकस्थल भित्र प्रवेश गर्ने र बाहिरिने छुट्टाछुट्टै गेटको व्यवस्था हुने, बैठकस्थलमा पास भएको सवारीले मात्र प्रवेश पाउने, सभाहलभित्र दुई वटा प्रोजेक्टरमार्फत बन्द सत्रका गतिविधि प्रशारण गरिने व्यवस्था गरिएको पार्टी सचिव डा प्रदीप पराजुलीले बताए। 

महासमितिमा भाग लिन आउने प्रत्येक सहभागिलाई विहानको खाजा, दिउँसोको खाना र दिउँसोको चियाको व्यवस्था गरिएको बैठक आयोजक समितिका संयोजक काठमाडौं जिल्ला सभापति सवुज बानियाँ (कृष्ण)ले बताए।

प्रवक्ता शर्माका अनुसार महासमिति बैठकस्थलमा प्रत्येक बिहान ११ बजे र दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर बिषय र घटनाको बारेमा जानकारी दिने बताए। महासमिति बैठकमा भाग लिने सदस्यहरले शुक्रबार २८ मंसिरमा नाम दर्ता गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा व्यवस्था गरेको छ। 

बैठकको उद्घाटन शनिबार २९ मंसिरमा पार्टी प्यालेसमा हुने भएको छ। उद्घाटन सकिएकै दिन बन्द सत्र हुने प्रवक्ता शर्माले बताए। उनले भने, ‘उद्घाटन सकिएपछि सात वटै प्रदेशका महासमितिबीच ग्रुप बनाएर छलफल गरिनेछ।

एक र दुई पुसमा सामूहिक छलफल र ३ गते बैठकको  निष्कर्ष वा घोषणा हुने भएको छ। 

एक करोड खर्च हुने 

महासमिति बैठक अयोजना गर्नको लागि एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको कांग्रेस काठमाडौंका सभापति बानियाँले बताए। उनले महासमितिमा हुने खर्च पार्टीले बेहोर्ने भन्दै एक रुपैयाँ कसैसँग पनि चन्दा नलिएको जनाए। उनले प्रत्येक सहभागीबाट जनही एक हजार रुपैयाँ प्रवेश शुल्क बापत भने उठाइने बताए।

६ वटा प्रतिवेदन पेश हुने

कांग्रेसको महासमिति बैठकमा ६ वटा प्रतिवेदन पेश हुने भएको छ। महासमिति बैठकमा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित राजनीतिक प्रतिवेदन लेखन समितिले राजनीतिक प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काको संयोजत्वमा गठित समितिले पार्टी विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, महामन्त्री डा शशांक कोइरालाले सांगठानिक प्रतिवेदन, सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित समितिले समग्र पार्टीको आर्थिक नीति सम्वन्धी प्रतिवेदन महासमिति बैठक स्थलमा पेश गर्ने छन्। 

केन्द्रीय कार्य समिति बैठकले समग्र आर्थिक नीति सम्वन्धी प्रतिवेदनलाई पारित गरिसकेको छ भने पार्टी विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल सकिएको छ। अन्य प्रतिवेदन भने अझै पास भएको छैन्। 

प्रतिवेदनमाथिको छलफल जारी रहेको बेला पार्टीले २८ गतेदेखि हुने भनेको महासमिति बैठकका केही लम्विने सम्भावना देखिन्छ। फोरम लोकतान्त्रिकबाट आएका गच्छदारको समूहलाई २० सिट ?

नेपाल लोकतान्त्रिक फोरमलाई नेपाली कांग्रेसमा गत बर्ष ३० आसोजमा बिलय गराएर कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदारलगायतका २० जना नेतालाई महासमिति सदस्य मनोनयन  गरिने भएको छ। 

कांग्रेस संसदीय दलका उपनेता तथा पार्टी उपसभापति भइसकेका विजयकुमार गच्छदारले आफ्नो समूहका दुई सय ५० भन्दा बढीलाई महासमिति सदस्य दिन माग गरेका थिए। गच्छदारको पुरानो पार्टीबाट कांग्रेसमा प्रवेश गरेका ६ जनाले पार्टीको आमन्त्रिक केन्द्रीय सदस्यको रुपमा काम गरिरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।