आइतबार, पुस १३, २०८२

उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य

 |  शुक्रबार, चैत २३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २३, २०८०

काठमाडौं- स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजार तीन सयले ओरालो लागेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ३२ हजार सात सय निर्धारण भएको छ। बिहीबार छापावाला सुन प्रतितोला रु एक लाख ३४ हजारमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुन पनि तोलामा रु एक हजार तीन सयले ओरालो लागेको छ। बिहीबार प्रतितोला रु एक लाख ३३ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३२ हजार ५० निर्धारण भएको हो।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु एक हजार छ सय १५ निर्धारण भएको छ। बिहीबार चाँदी प्रतितोला रु एक हजार छ सय ५० मा कारोबार भएको थियो। यस आधारमा चाँदी तोलामा रु ३५ ले घटेको छ। 

प्रकाशित: Apr 05, 2024| 11:27 शुक्रबार, चैत २३, २०८०
प्रतिक्रिया दिनुहोस्