शुक्रबार, मंसिर १२, २०८२

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादी नेता महराको दाबी पेस

 |  शुक्रबार, चैत २३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २३, २०८०

लुम्बिनी प्रदेशमा सत्तारूढ दलको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन बहुमत सांसदहरूले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन्।

National life

बिहीबार प्रदेश सभामा मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएर इमेलमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा पठाएपछि नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको हो।

सत्तारुढ दलहरूले महराको नेतृत्वमा नयाँ सरकार गठनका लागि ४४ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका छन्। प्रदेश प्रमुख शेरचनले महरालाई आजै मुख्यमन्त्री नियुक्ति गर्ने सम्भावना छ।

एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको हो।

माओवादीका महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपाका भण्डारीलाल अहिर, एकीकृत समाजवादीकी दल नेता भगवती अधिकारी र नवलपरासी पश्चिम निर्वाचन क्षेत्र २९१० बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले ७ बुँदे सहमति गरेका थिए।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Apr 05, 2024| 11:12 शुक्रबार, चैत २३, २०८०
प्रतिक्रिया दिनुहोस्