आइतबार, असोज ५, २०८२

बससेवा डटकमले ल्यायो नयाँ वर्षका लागि ‘एक्कासी अफर’

 |  शुक्रबार, चैत २३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २३, २०८०

काठमाडौं– अनलाइन बस टिकटिङ सेवा प्रदायक कम्पनी बससेवा डटकमले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा एक्कासी अफर सार्वजनिक गरेको छ।

Kumaribank

यस अफरअन्तर्गत बससेवामार्फत टिकट काट्ने यात्रुमध्ये ८१ जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन्। यस्तै, हरेक दिन एक जना यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्नेछन्। यो योजना चैत्र २५ गतेदेखि नयाँ वर्षको वैशाख ८ गतेसम्म सञ्चालन हुनेछ।

विजेताहरुको नाम गोलाप्रथाबाट चयन गरिनेछ र उक्त गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको आधिकारिक फेसबुक पेजबाट गरिनेछ।

नयाँ वर्षको अफरबारे जानकारी दिँदै बससेवाका बिजनेस डेभलपमेन्ट प्रमुख डेनिसजंग थापाले आम यात्रुलाई अनलाइनबाटै बस टिकट काट्नको लागि प्रोत्साहन होस् भन्ने उद्देश्यले यो अफर सार्वजनिक गरेको बताए।

यो अफरअन्तर्गत केही यात्रुलाई भए पनि राहत पुग्ने आफूहरुको अपेक्षा रहेको उनको भनाइ छ। बससेवा डटकमले नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्दै आएको छ। साथै भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुरलगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ।

Metro Mart

हाल दैनिक ३ हजारभन्दा बढी यात्रुले बससेवामार्फत टिकट काटी यात्रा गर्दै आएका कम्पनीको भनाइ छ। बससेवाले यात्रुहरूलाई बस कुर्न झञ्झट नहोस् भन्ने उद्देश्यले राजधानी काठमाडौँको ढुङ्गेअड्डामा प्यासेञ्जर लाउञ्जसमेत सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

प्रकाशित: Apr 05, 2024| 10:44 शुक्रबार, चैत २३, २०८०
प्रतिक्रिया दिनुहोस्